भारतबाट आएका तीन जनालाई घोडाघोडीको क्वारेन्टाईनमा राखियो
कैलाली, १६ चैत । भारतबाट आएका तीन जनालाई घोडाघोडीको क्वारेन्टाईनमा राखिएको छ । घोडाघोडी नगरपालिकाले तयार गरेको घोडाघोडी बहुमुखी क्याम्पसमा बनाइएकाे क्वारेन्टाईनमा उनीहरुलाई राखिएको नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए ।
उनीहरु भारतको हल्दुवानीबाट आएको जानकारी पाएपछि कोरोना संक्रमणबाट बच्ना र बचाउनकोलागि क्वारेन्टाईनमा राखिएको नगरप्रमुख चौधरीले बताए ।
नगरपालिकाले क्वारेन्टाईनमा बसेकाहरुलाई खाना कुराको व्यवस्था पनि गरेको छ उनीहरुलाई निर्धारित समयसम्म क्वारेन्टार्इनमा राखिने जनाएको छ ।













