उद्योगी अग्रवाल सुरक्षाकर्मीलाई चार सय ३४ थान पीपीई सहयोग

धनगढी, १५ चैत । कैलाली उद्योग वाणिज्य संघका सदस्य तथा उद्योगपति मनोज अग्रवाल कोरोनाको जोखिम बढ्दै गएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मी र विरामीको निगरानीमा खटेका स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्ट(पीपीई) सहयोग गरेका छन् ।

उद्योगी अग्रवालले चार सय ३४ थान पीपीई सहयोग गरेका हुन् । उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा एक सय १५ थान पीपीई हस्तान्तरण गरिसकेका छन् भने थप तीन सय १९ थान पीपीई आज राति पुग्ने बताए ।