बागलुङकी युवतीमा देखियो कोरोना, दोस्रो संक्रमितसंग एउटै विमानमा नेपाल आए

कैलाली, १५ चैत । नेपालमा शनिबार अर्को एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए।

‘उनी चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आएका थिए,’ देवकोटाले भने,‘उनी अहिले चिकित्सकको सम्पर्कमा छिन् । उनको अवस्था अहिले सामान्य छ।’

उनी र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ वर्षिय युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं सम्म आएका थिए ।नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।