कोरोनाको औषधी बोकेको विमान अवतरणको क्रममा चिप्लियाे, दूई डाक्टर सहित पाँचै जना सकुशल

नेपालगञ्ज, १५ चैत । काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलाइन्सको विमान अवतरणको क्रममा विमानस्थलबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

अवतरण गर्ने क्रममा शनिबार दिउँसो विमान रनवे नजिकै चिप्लिएर सय मिटर टाढा घाँसे मैदानमा पुगेको नेपाल वायु सेवा निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार घटनामा भने मानवीय क्षति भएको छैन। एयरलाइन्समा स्वास्थ्यको सामान ल्याएरको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार काठमाडौंबाट नेपालगन्जका लागि स्वास्थ्यका सामान र स्वाब लिन आएको विमान रनवेमा चिप्लिए हो ।

विमानमा नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका दुईजना डाक्टर, दुई जना विमान चालक र एकजना एयर होस्टेल सबै सकुशल रहेको बताइएको छ ।