कोरोनाबाट बच्ना जनताको लक डाउन (फोटो फिचर)
कैलाली, १५ चैत । संसार भरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणा नियान्त्रण तथा रोकथामकालागि जनताले गाउँको नियम लक डाउन गरेका छन् ।
सरकारले लकडाउन घोषणा गरेको आज पाँचौ दिनमा पनि केही व्यक्तिहरु विना काम ओहरदोहर गर्न नरोकिएपछि गाउँका जनताहरु आफ्नै नियम बनाएका हुन् ।

लकडाउनका बेला मानिसहरु आवत जावत गर्न थालेको भन्दै उनी बाटो अवरुद्ध गरेर हिँडडूलमा प्रतिवन्ध लगाएका हुन्।
कैलालीका विभिन्न ठाउँहरुमा एक गाउँका मान्छे आर्को गाउँ नजाउ भन्ने उदेश्यले बाटोमा रुख ढालेको, होम पाईप विछ्याएर, बाँसका डण्डा बाँधेर, ढुंगामुढा ओछाएर बाटो अवरुद्ध गरेकोका छन् ।

















