कोरोना नियन्त्रणका लागि निजामति कर्मचारी संगठनको पाँच लाख सहयोग

काठमाण्डौ, १५ चैत । नेपाल निजामती कर्मचारी संगठनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

संगठनले शुक्रबार विज्ञप्ति निकाली यस्तो जानकारी दिएको हो । संगठनले विज्ञप्तिमार्फत उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पीपीईको व्यवस्था गरेर मात्र कार्यस्थलमा खटाउन माग गरेको छ ।

सरकारले गरेको यो लकडाउन मेरो लागि हो भन्ने सम्झी जीवनप्रति खेलबाड नगरी पालना गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारी तथा जनसमुदायहरूमा संगठनले हार्दिक अपिल समेत गरेको छ ।