धनगढी उप–महानगरपालिकाले किटनाशक औषधी छर्किदै

धनगढी, १४ चैत । धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।

विहीबार धनगढी उप–महानगरपालिकाले चौराहा देखि मनहेराको पेट्रल पम्म र हसनपुर राष्ट्रबैंक चोक देखि धनगढी उप–महानगरपालिकाको गेट सम्म औषधी छर्केको थियो ।

त्यसैगरि नगरपालिकाले शुक्रवार वडा नं २ का एस टि एस सिनेमा हल अगाडी, पुरनो सब्जीमण्डी, धनगढी राष्ट्रबैंक देखि सहिदगेट, होटल डिभोटी चोक देखि पिपलचौतरा–मटियारी, गाउँ धनगढी क्षेत्रको सडकमा औषधी छर्किएको नगरप्रमुख नृप वडले बताए ।

उनले सम्भवन भएसम्म नगरका सबै क्षेत्रमा औषधी छर्किने जानकारी दिए । उनले शनिवार देखि वडाबाट औषधी स्प्रे मेसिनको प्रयोग गरेर सबै गल्लीहरुका औषधी छर्किने बताए । नगरप्रमुख वडले सम्पूर्ण नगरवासीलाई आफ्नो घरमै बसेर लकडाउनको पालना गरिदिन अनुरोध समेत गरे ।