कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो, अमेरिकामा सबैभन्दा बढी संक्रमित
काठमाडौँ, १४ चैत । कोरोना भाइरस झनझन फैलिरहेको छ । शुक्रबार विहानसम्म विश्भवर २४ हजार ९० जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५ लाख ३२ हजार २ सय ६३ जना पुगेको छ ।
अमेरिका स्थित जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् । जन्स हप्किन्सले अमेरिकामा ८२ हजार चार सय पुगेको बताएको छ । तर, अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले अमेरिकामा ८५ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण भएको बताएका छन् । त्यसैगरी मृत्यु हुनेको संख्या १ हजार ३ सय पुगेको छ । चीनमा अहिलेसम्म ८१ हजार संक्रमित भएका थिए ।
त्यसैगरी सबैभन्दा बढी मृत्यु हुनेम इटली नै रहेको छ । हालसम्म ८ हजार २ सय १५ जनाको मृत्यू भएको जनाइएको छ भने ८० हजार बढी संक्रमित छन् ।













