कोईलाको पछि गाउँले : अफबाह फैलाउनेलाई कानूनी कार्बाही हुने

धनगढी, १४ चैत । विश्वभर महामारीको रुपमा फौलिदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट त्रसित गाउँलेहरु अफबाहको पछाडी लागेर राति ३ बजेदेखि नै आगन खनेर कोईला खोज्न तर्फ लागेका छन् ।

गाउँभरि हल्ला कस्ले कोईला पायो कस्ले पाएन । कोईला पाएकाहरु कोरोनाको औषधी हो, भन्दै त्यसलाई पिसेर निधारमा टिका लगाए । कोई भने त्यहि कोई आफ्ना बारीमा तरकारी रोपे झै रोपे ।

पहल साउँदले सामाजिक सञ्जाल मार्फत अफबाह फैलाउनेलाई कानूनी कार्बाहीको माग गरेका छन् । उनले लकडाउनमा घरभित्रै बस्नुस् भन्दा लापरबाही गरेर डुल्ने! हिजो राति अछाम रामारोशन लगायतका दुर्गममा अकस्मात कुन एक जना बैधले आगनमा ढुंगामूनी अप्रत्याशित कालो कोइलो प्राप्त हुनेछ । त्यसको टिका लगाएपछि कोरोना भाइरस लाग्ने छैन भन्ने हल्लाले सारा गाउँ नसुतेरै धुमधामका साथ कोईला खोज्न तर्फ लागे ! यस्तो दरिद्र चेतना र बुझाई वर्तमान आधुनिकताबाट विश्वास दिलाउन नसकिएको गाउँमा माहामारिले बिकराल रुप नलेला भन्न सकिन्न । यस्तो तथाकथित भ्रमपछि नलाग्न हुन गाउँले दाजुभाईलाई अनुरोध छ । साथै यस्ता अफबाह फैलाउने जोसुकैलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।

त्यसै गरि सवी थालेले पनि सामाजिक सञ्जाल मार्फत यस्ता अफबाहको पछि नलाग्न आग्रह गरेका छन् । उनले कैलालीका केहि साथीहरुले घर अगाडी खन्दा केही बारुदजस्तो पदार्थ भेटियो भनेर सामाजिक सञ्जालमा पोस्टिनु भएको छ । कृपया कुनै निश्चित ठाउँको माटोको किसिम नै त्यही प्रकारको भएकाले पनि त्यस्ता पदार्थ भेटिएको हुनुपर्छ । सायद अन्य समयमा ध्यान नदिएको र यो बेला त्रासका कारण त्यस्तो लाग्न सक्छ । उनले लेखे, कुनै एकको करेसाबारीमा गोलभेडा फल्यो भन्दैमा अरुको बारिमा पनि गोलभेडा फल्याछ भनेर मूर्ख नहुनुहोस्। एउटा भेडा बन्यो भनेर तपाईं पनि भेडा बनेर उसको पछि नहिड्नु होस्। त्रासको बेला थप त्रास र भय नफैलाउन हुन सम्पूर्णमा आग्रह गरेका छन् ।

यस्तै वीर कुश्मी कोईला घरमा खोज्नु भन्दा यो हावा फैलाउने मान्छेलाई खोज्नुपर्छ र कानूनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले यसरी अफबाह फैलाउने व्यक्तिलाई कानूनी कार्बाही हुने बताए । उनले अफबाह फैलाउने व्यक्तिको खोजतलासी भईरहेको जानकारी दिए । फेसबुक मार्फत अफबाह फैलाउने व्यक्ति र त्यस्ता स्टार्टस सेयर गर्ने दुबैलाई कानूनी कार्बाही गर्ने बस्नेतले बताए ।