जानकी गाउँपालिकाले भारतबाट आएका ७ जनालाई क्वारेन्टाईनमा राख्यो

धनगढी, १३ चैत । जानकी गाउँपालिकाले विश्वभर महामारीको रुपमा फौलिदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ना तथा रोकथाम, नियन्त्रणका लागि भारताबाट आएका ७ जनालाई क्वारेन्टाईनमा राखेको छ ।

गाउँपालिकाले सरस्वती माविमा स्थापना गरेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो । उनीहरु भारतबाट नेपाल आउँदा सिधै क्वारेन्टाईनमा बसालेको गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले जानकारी दिए ।

उनले क्वारेन्टाईनमा बसेकाहरुको चेक जाँच भइसकेको बताए । चेक जाँचमा हाल सम्मा कोहीमा पनि शंकासपद नदेखिएको बताए । तर उनीहरुसंगै गाउँका मान्छेलाई सुरक्षित बनाउन क्वारेन्टाईनमा राखिएको हो । गाउँपालिकाले क्वारेन्टाईनमा राखिएकाहरुको खानेकुराको सम्पूर्ण व्यवस्पान गर्नुका साथै साबुन पानी, सुपरनेट झुलको व्यवस्था गरेको अध्यक्ष चौधरीले बताए ।

जानकी गाउँपालिकाले क्वारेन्टाईनमा १५ वटा बेड तयारी अवस्था राखेको जनाएको छ । लक डाउन उल्लंघन गर्नेलाई कार्बाही गर्ने बताएको छ । गाउँपालिकाले कसैलाई उच्च ज्वरो आउँने, सुख्खा खोकी लाग्ने जस्ता लक्ष्ण देखिएमा तुरुन्त स्वास्थ्य चाँजकोलागि अह्वान समेत गरेको अध्यक्ष चौधरीले बताए ।