लक डाउन उलंघन गर्ने २७ जना प्रहरीको नियन्त्रणमा
धनगढी, १३ चैत । लक डाउनको तेस्रो दिन प्रहरीले २७ जनालाई नियन्त्रणमा लिएको छ । लक डाउन उलंघन गरि सवारीसाधन चलाएको भन्दै नियन्त्रणमा लिएको हो ।
दिन बिहीवार बिहानै जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनले नियन्त्रणमा लिइएका सवारीसाधनहरुमा २६ ओटा मोटरसाइकल र एक अटो रहेको बताए । नियन्त्रणमा लिइएका मानिसहरुलाई सम्झाइबुझाइ छोडिने बताउदै प्रहरी नायब उपरीक्षक बस्नेतले सवारीसाधन भने प्रहरी नियन्त्रण मै रहने बताए ।













