लक डाउन उल्लंघन गर्ने दुई जना पक्राउ, १४३ सवारी साधन नियन्त्रणमा

धनगढी, १२ चैत । कैलालीमा लक डाउन उल्लंघन गरेको आरोपमा दाेस्रो दिन दुई जनालाई पक्राउ गरेको छ भने एक सय ४३ सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

लक डाउन उल्लंघन गर्ने रेष्टुरेण्ट सञ्चालक र डिजल ल्याई रहेकोलाई पक्राउ गरेको हो । प्रहरीले एक सय १८ मोटरसाईकल, चार वटा कार, ३ अटो, ४ ट्रक र १४ साईकललाई नियन्त्रणमा लिएको जनाएको छ ।

अत्यावश्यकीय प्रयोजन बाहेक अन्य कामका लागि बाहिर ननिस्कन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।