धनगढीमा थप १ सय ४३ बेड आइसोलेसन स्थापना, खद्यन्नमा कमी हुन नदिने उद्योग वाणिज्य संघको उद्घोष

धनगढी, १२ चैत । धनगढी उप महानगरपालिकाले थप १ सय ४३ बेड आइसोलेसन स्थापना गरेको छ । आइसोलेसनको लागि उद्योग वाणिज्य संघको सभा हलमा १८ बेड, शुभ श्री प्यालेसमा ७५ बेड र ओम प्यालेसमा ५० बेड राखिएको नगरपालिका प्रमुख नृपबहादुर वडले बताए ।

उनले धनगढीको त्रिनगर, पन्चोदय, ऐश्वर्य बुहुमुखि क्याम्पस, कैलाली बहुमुखि क्याम्स, धनगढी मावि लगायत विद्यालयहरु तयारी अवस्थामा रहेको बताए । राज्यले विपतको बेला आईपर्ने भौतिक व्यवस्थापन गर्न तर्फ कुनै कमी नगर्ने अश्वासन समेत दिए ।

त्यसै गरि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्योग वाणिज्य संघ र नगरपालिका विच छलफल र समन्वय भईरहेको बताए ।

उनले कैलालीमा खाद्यन्नको कुनै कमी हुन नदिने उद्घोष गरे । विश्वभर महामारीको रुपमा फौलिदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्ना तथा रोकथाम, नियन्त्रणमा सरकारले निजी व्यवसायीहरुसंग सहकार्य र समन्वय भईरहेको बताउदै अध्यक्ष कुँवरले खाद्यन्नका उद्योग धन्दाहरुलाई सञ्चालनमा ल्याउने नगरपालिकासंग सहमति भएको बताए । उनले बजारमा खाद्यन्न अभाव हुन नदिन उद्योग धन्दा सञ्चालनमा ल्याउने बताए ।