नेपालमा थप एक जनामा कोरोनाा पोजेटिभ, संक्रमण हुनेको संख्या तीन पुग्यो
काठमाडौं, १२ चैत । नेपालमा थप एकजनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँमा थप एकजनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमणको संख्या तीन पुगेको छ ।
केही दिन पहिले विदेशबाट नेपाल आएका युवकमा कोरोना संक्रमण भएको पुष्टी भएको हो । रुघाखोकी र ज्वरो आएपछि टेकुस्थित शुक्रराज सरुवा रोग अस्पताल पुगेका थिए । उनको हिजो राति मात्र रिपोर्ट आएको थियो ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
यसैबीच स्वास्थ्य मन्त्रालयले कतारबाट फर्केका एक युवकमा कोरोना संक्रमण भएको पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण देखिएका युवाको घर धादिङ भएको जानकारी दिए ।
ढकालका अनुसार ती युवा कतारबाट फर्केर होटलमा केही दिन बसेका थिए । उनको अहिले आइसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको छ ।













