होटल फ्लोराको क्वारेन्टाईनमा तीन जनालाई राखियो
धनगढी, १२ चैत । भारतबाट फर्किएका तीन जनालाई धनगढी स्थित होटल फ्लोराको क्वारेन्टाईनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले भारतबाट फर्किएका व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्ने प्रावधान अनुसार तीन जनालाई फ्लोरा होटलमा राखिएको बताए।
यस्तै जिल्लाको बर्दोगोरिया गाउँपालिकाको मोहन्याल माध्यमिक विद्यालयको क्वारेन्टाईनमा पनि १५ जनालाई राखिएको छ। विश्व व्यापीरुपमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरसबाट जोगिनको लागि सरकारले पूर्णरुपले सतरकता अपानाउन निर्देशन जारी गरेको छ ।













