धनगढीमा मोटरसाईकल चोरी गर्ने एक यूवा पक्राउ

धनगढी, १० चैत । धनगढीमा मोटरसाईकल चोरी गर्ने एक यूवा पक्राउ परेका छन्। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय बाबुराम खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएराती १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनका अनुसार खड्काले चोरी गरेर चलाई रहेको अवस्थामा बा ४ ख ७७९३ नम्बरको मोटरसाईकल बरामद गरिएको हो। खड्काको साथबाट तार काट्न प्रयोग हुने कैची समेत बरामद गरिएको छ।