दलित महिला अधिकार मञ्चद्धारा मास्क वितरण

धनगढी, १० चैत । दलित महिला अधिकार मञ्च नेपालले बाटोमा विना मास्क हिडिरेकाहरुलाई मास्क लगाउन अनुरोध गरेको छ । मञ्च सोमबार दिउसो बाटोमा हिडिरहेकाहरुलाई मास्क वितरण गरेको हो ।

विश्वभर महामारीको रुपमा फौलिदै गईरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम र नियन्त्रणका लागि मास्क अनिवार्य प्रयोग गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने अभियानका साथ मास्क वितरण गरेको दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिईन् ।