कैलारीको खरहट्टीमा काञ्जीहाउस निर्माण

कैलाली, १० चैत्र । कैलारी गाउँपालिका वडा नं. ६ खरहट्टीमा काञ्जीहाउस निर्माण भइरहेको छ ।

छाडा पशुचौपाया व्यववस्थापनका लागि सरस्वती माध्यमिक विद्यालय धर्मापुरको १ विघा ५ कठ्ठामा काञ्जी हाउस निर्माण भइरहेको हो । सोमबार वडा नं. ६ का वडा अध्यक्ष प्रेम चौधरी काञ्जी हाउस तारबेरका उद्घाटन गरेका हुन् ।

कैलारी गाउँपालिकाको ४ लाख आर्थिक सहयोग र बाँकी सामाजिक सहकार्य परियोजना नेपालको सहयोगमा करिब ६ लाख ११ हजार ५०४ रुपैयामा काञ्जी हाउस निर्माण भइरहेको सामाजिक सहकार्य परियोजना नेपालका अध्यक्ष होरीलाल चौधरी बताए ।

कार्यक्रममा साल माछा सामुदायिक वनका सदस्य बाँधुराम चौधरी, सरस्वती माविका धर्मापुरका अध्यक्ष फूलराम चौधरी लगायत शुभकामना मनतब्य राखेका थिए ।