कोरोना विरुद्ध सचेतना अभियानमा थरुहट मोर्चाले सबै शक्ति परिचालन गर्ने

धनगढी, १० चैत । संसारभरी नै महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने प्रवल संम्भावना देखिएपछि थरुहट थारुवान राष्ट्रिय मोर्चाले आफ्ना सबै शक्ति सचेतना अभियानमा परिचालन गर्ने अपिल गरेको छ ।

मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुको हस्ताक्षर विज्ञप्तीमा यस्तो लेखिएको हो । कोरोना संक्रमण, रोकथाम तथा बच्नका लागि आवश्यक उपाएहरु अवलम्बन गर्नुपर्ने साथै आफै सुरक्षित हुँदै आम जनसमुदायको सुरक्षाका लागि पनि सहयोग गर्नुपर्ने विज्ञप्तीमा लेखिएको छ ।

संकटको घडीमा महामारीको प्रकोप फैलिन नदिनका लागि गरिने पूर्व तयारीहरु अवलम्बन गर्दै सम्पूर्ण जनमानस आप्mनै घरमा बसी (सेल्फ क्वारेन्टाइन) विधि अपनाउन हार्दिक अनुरोध समेत गरिएको छ ।

जनतामा महामारीको भय त्रास फैलिन नदिनका लागि सावधानी पूर्वक कोही कसैलाई पनि अफवाह नफैलाई कोरोना भाइरसबाट “आफु पनि बाचौं, अरुलाई पनि बचाऔं” भन्ने अभियानका साथ बच्न र बचाउने उपाएहरुको सकारात्मक सन्देश प्रवाह गर्न मोर्चाले अह्वान गरेको छ ।
कोरोना महामारीको विरुद्धमा सचेतना फैलाउने अभियानमा मोर्चाले सबै अंग तथा शक्ति परिचालन गर्ने बताएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाको केन्द्रीय संयोजन समितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकार, मोर्चाका जिल्ला संयोजन समिति, मोर्चाको भातृ संगठन थरुहट थारुवान यूवाशक्ति, थरुहट थारुवान राष्ट्रिय महिला मोर्चाको सबै पदाधिकारी तथा सदस्यहरुलाई सक्रिय एवम् रचनात्मक ढंगले भूमिका खेल्न अनुरोध गरेको छ ।

विभिन्न तहमा गठन भएका रोग नियन्त्रण समन्वय समितिसंग आवश्यक समन्वय, सहकार्य र परामर्श गरी कोरोना भाईरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा न्यूनिकरण गर्ने अभियानमा एक जुट हुन मोर्चा अनुरोध छ