अत्यावश्यक सेवा बाहेक सबै सेवा २१ गते सम्म बन्द, ई–रिक्सामा जोड विजोड लागु
धनगढी, ९ चैत । धनगढी उप महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले कोरोना भाईरस (कोभिड( १९) को सम्भावित संक्रमण फैलन नदिन धनगढी उप– महानगरपालिका नगर कार्यपालिका, तथा १९ वटै वार्डबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन भएका अत्यावश्यक सेवा वाहेक का व्यक्तिगत घटना दर्ता‚ विभिन्न प्रकारका सिफारीसहरु र घर नक्सा आदि लगायतका अन्य सेवाहरु मिति चैत १० गते देखि २१ सम्म बन्द गर्नेर रोक्ने निर्णय गरिएको बताए ।
उनले कोरोना भाईरस संभावीत संक्रमणलाई फैलन नदिन धनगढी नगरपालिका भित्र संचालन हुने ई–रिक्साहरुलाई चैत १० गते देखिनै जोड विजोड पालो लगाई संचालन गर्न पहल गर्ने निर्णय गरेको छ ।
धनगढी उप–महानगरपालिकाले अन्तराष्ट्रिय नाका तत्कालका लागि बन्द गर्न संघ र प्रदेश सरकार संग अनुरोध गरेको बताए ।
आईतबार बसेको उप–नगरपालिकाको बैठकले कोरोना भाईसर (कोभिड(१९) को सम्भावित संक्रमण फैलन नदिन अन्तराष्ट्रिय नाका लाई तत्कालका लागि बन्द गर्ने अनुरोध सहितको निर्णय गरेको छ ।
उप–महानगरपालिकाको बैठकले सेती प्रादेशिक अस्पतालमा कोरोना भाईरस (कोभिड(१९) को सम्भावित संक्रमण फैलिन नदिन अत्याधुनीक प्रयोगशाला तत्काल निर्माण गरी दिन नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।













