धनगढी बसपार्कमा हेल्थ डेस्क स्थापना

धनगढी, ९ चैत । कोरोना भाईरस ( कोभिड १९ ) को चेकजाँचका लागि धनगढी बसपार्कमा आईतबार हेल्थ डेस्क स्थापना गरिएको छ ।

धनगढी उप–महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय र सुदूरपश्चिम यातायातको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको हो । बसपार्कमा आउने यात्रु र सर्वसाधारणको चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरेका छौं नगरप्रमुख वडले भने, स्वस्फूर्त रुपमा चेकजाँच गर्न सबै यात्रुहरुमा निवेदन गर्दछु ।

हेल्थ डेस्मा मास्क समेत वितरण भैरहेको छ नगरप्रमुख वडले भने, हेल्थडेस्कमा स्वास्थ्यकर्मीहरु २४ अ‍ैं घण्टा चेकजाँचमा खटिने छन् ।
आईसोलसन कक्ष थप गर्ने बिषयमा मुख्यमन्त्री भट्ट र नगरप्रमुख वड बिच छलफल कोरोना भाईरस ( कोभिड १९ ) को पूर्व सतर्कता अन्तरगत हाईसोलेसन कक्ष थप गर्ने बिषयमा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच छलफल भएको छ ।

छलफलमा पूर्व सतर्कता बिषयमा छलफल भएको छ । गेटा मेडिकल कलेज, सेती प्राविधीक शिक्षालयको छात्राबास, जिल्ला समन्वय समितिको आवास गृहमा आईसोलसन कक्ष तयार गर्न तयारी भैरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले चेकजाँच गर्ने उपकरण र आईसोलसन कक्ष थप गर्ने बिषयमा छलफल भएको बताए । उनले भने, समन्वय गरेर साझा समस्या संग लड्ने छौं ।