कोरोना भाइरसबाट कसरी बच्ने ?
धनगढी, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एनसेलद्वारा जनहितमा जारीले कोरोना भाइरसबाट बच्ने उपायबारे एसएमएस पठाई रहेको छ । एनसेलले आफ्ना ग्रहाकहरुलाई निशुल्क एसएमएस पठाएर कोरोनाबाट सचेत रहन आग्रह गरिरहेको छ ।
एसएमएसमा बेलाबेलामा साबुनपानीले मिचिमिची हात धोऔं । भीडभाडमा नजाऔं । खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकौं । हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गरौं । ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाऔं। भन्दै कोरोनाभाइरसबाट बच्ने उपायबारे जानकारी दिईरहेको छ ।
त्यस्तै नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउन कल रिङव्याक टोन (सिआरविटी) परिवर्तन गरेको छ। नमस्तेबाट नमस्तेको सिम कार्डमा फोन डायल गरेपछि फोन नउठेसम्म कोरोना भाइरस बारे जानकारी दिईरहेको छ ।
फोनमा कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ।
उता सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किने, २५ जना भन्दाबढी मानिस भेटघाट नगर्न, सिनेमा हल, रंगशाला, जिमक्लवहरु लगायत भिडभाड हुने स्थान सबै बन्द गर्ने निर्देशन समेत दिइसकेको छ।
के हो नोवल कोरोना भाइरस ?
डा. विवेककुमार लालका अनुसार, नोवल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो । यस भाइरसले मानिस र पशुमा संक्रमण गर्छ । यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउँछ ।
लक्षणहरू
कोरोेना भाइरसको संक्रमण भएको १५ दिनभित्र लक्षण देखिने डा। लाल बताउँछन् । संक्रमण भएको दुई सातापछि देखिने लक्षणहरू यस प्रकार छन् ।
· ज्वरो आउने
· श्वासप्रश्वासमा समस्या देखिने
· रुघाखोकी लाग्ने
· घाँटीरटाउको दुख्ने
कसरी जोगिने ?
रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।
· नियमित रूपमा साबुनपानीले हात धुने
· खोक्दा, हाच्छ्युँ गर्दा नाक मुख छोप्ने
· संक्रमित व्यक्तिबाट टाढा बस्ने
· मास्क लगाएर हिँडडुल गर्ने
· पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने
· जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा राख्ने
माथि उल्लेखित उपाय अपनाएको खण्डमा कोरोना भाईरसबाट बच्न सकिने चिकित्सकको सुझाब छ ।













