चुनावबाट भलमन्सा चयन, नेकपाका वडा संयोजक विजय

धनगढी, ८ चैत । कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भडरी गाउँमा चुनाव गरेर भलमन्सा चयन गरेका छन् । भलमन्साकोका लागि शनिबार चुनाव भएको हो । चुनावमा छोटेलाल चौधरी ११३ मत पाएर विजयी भएका छन् ।

उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वडा संयोजक पनि हुन् । भलमन्सामा विजयी भएका चौधरीले सशस्त्र प्रहरीका पूर्व डीएसपी एवम् नेपाली काङ्ग्रेसकोतर्फबाट उम्मेदवार बनेका सन्तराम चौधरीलाई पराजित गरे । पराजित चौधरीको पक्षमा ९३ मत परेको थियो ।

उनी २० मतको फरकले पराजित भएका हुन । निर्वाचनमा २०६ मत खसेको थियो । थारु गाउँमा सर्वसम्मतिका साथ भलमन्सा चयन गर्ने गरिए पनि पछिल्लो समय राजनीतिक प्रभाव पर्न थालेको छ । यद्यपि, धेरैजसो गाउँमा सर्वसम्मतिले नै भलमन्सा चयन गर्ने गरिएको छ ।