कोभिड १९ काे निगरानी कक्षका लागि बेड हस्तान्तरण

धनगढी, ८ चैत । धनगढी उप–महानगरपालिकाले त्रिनगरभन्सार नाकामा स्थापना गरेको कोराना भाईरस (कोभिड १९) को निगरानी कक्षका लागि धनगढीको अमित मेडिसिन डिष्टीब्यूटर्सले तीन सैया (बेड)उपलब्ध गराएको छ ।

कोरोना संवेदनशीलताको पूर्व सर्तकतामा सहयोग पुगोस भनेर ६० हजार बराबरको तीन वटा बेड हस्तान्तरण गरिएको पत्रकार टेकेन्द्र देउवाले जानकारी दिए । शनिवार निगरानी कक्षमा नै पुगेर बेड हस्तान्तरण गरिएको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कोरोना भित्रीन नदिन सबैसंग समन्वय गर्न आवश्यक रहेको बताए । उनले भने, यो संवेदनशीलताको घडीमा सबैले गम्भीर भएर एकजुट हुन जरुरी रहेको बताए ।

यस अघी धनगढीमा रहेको वालाजी सर्जिकल सप्लायर्सले कोरोना चेकजाँचमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गावन हस्तान्तरण गरेको थियो । वालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटर करना वर्नवाल र दिपेन्द्र प्रसाद तिवारीले गावन हस्तान्तरण गरेका थिए ।