क्वारेन्टाईन स्थापनाका लागि ईन्स्टिच्यूट उपलब्ध गराउने भण्डारीको घोषणा

धनगढी, ७ चैत । धनगढीका व्यवसायी र सामाजिक संघसंस्थाहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वस्र्फुत रुपमा सहयोग गर्न थालेका छन् ।

धनगढी उपमहानगरपालिका १ स्थित बी पोलिटेक्निक ईन्स्टिच्यूटका सञ्चालक हिरा भण्डारीले संक्रमण फैलिएमा संक्रमितहरुको उपचारका लागि निशुल्क रुपमा ईन्स्टिच्यूट सरकारलाई उपलब्ध गराउने घोषणा गरेकी छन्।

सञ्चालक भण्डारीले हाल सञ्चालनमा रहेको व्यवसाय बन्द गरी ईन्स्टिच्यूटका ३० बेड र ४ ओटा हल सहितको परिसर संक्रमितहरुको उपचारमा सहज होस भन्ने उद्देश्यले क्वारेन्टाईन सञ्चालनका लागि सरकारलाई निुशल्करुपमा प्रदान गर्ने बताईन ।

उनले फैलिदो महामारी रोक्न विश्व नै एक हुनु पर्ने बेलामा ईन्स्टिच्यूट करिब १५ कट्टा क्षेत्रफलमा फैलिएको उक्त ईन्स्टिच्यूट बजारको हो हल्ला भन्दा टाढा रहेको कारण समेत आइसोलेसन कक्षका लागि अति नै उपयुक्त हुने बताउदै संचालक भण्डारीले यस्तो विषम परिस्थितिको बेला सबैले राज्यलाई सहयोग गर्नु पर्ने बताइन ।

राज्यलाई आवश्यक परेको खण्डमा जुनसुकै बेला म ईन्स्टिच्यूट उपलब्ध गराउन तयार छु, भण्डारीले भनिन, राज्यलाई अप्ठ्यारोमा परेको अवस्थामा सहयोग गर्नु सबै नागरिकको दायित्व हो । पश्चिम टुडेबाट