कोरोना विरुद्ध लड्न अमेरिकाद्वारा नेपाललाई १८ लाख डलर सहयोग घोषणा

अमेरिकी सरकारले नेपाल सरकारको नोभल कोरोनाभाइरस (कोभिड १९) सम्बन्धी तयारी तथा रोकथामलाई सशक्त बनाउन थप १८ लाख डलर सहयोगको घोषणा गरेको छ ।

यसअघि २३ फागुनमा अमेरिकी सरकारले नेपालको स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको थियो ।

यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग ९युएसएआइडी० को सङ्क्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्‍चित कोषमार्फत दिइएको जनाइएको छ ।

कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड(१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुने बताइएको छ ।

बाँकी ७ लाख डलरले विश्‍व स्वास्थ्य सङ्‍गठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा रोकथामका लागि प्रयोग हुने जनाइएको छ । हिमालखबरबाट