सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं, ६ चैत । सुनको भाउ घटेको छ । बिहीबार तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर तोलाको ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिन प्रति तोला ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी तोलामा ३० रुपैयाँ घटेर ६ सय ८० रुपैयाँ पुगेको छ ।