ब्राउन सुगरसहित एक यूवा पक्राउ
धनगढी, ३ चैत । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ झलारी गाउँका २९ वर्षीय लखनसिँह राना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
राना लागु औषधको कारोबार गरी रहेको भन्ने सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट ३ सय ३० मिलिग्राम ब्राउन सुगर र तीन हजार ७ सय ६० भारु रुपैंया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव निरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
बरमद गरिएको उक्त ब्राउन सुगरको नेपाली मुल्य ७५ हजार हुने उनले बताए। पक्राउ परेका रानमामाथि थप अनुसन्धानका गर्न जिल्ला अदालत कैलालीबाट पाँच दिन म्याद थप गरिएको जनाएको छ।













