आमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
कञ्चनपुर, ३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको प्रहरीले बताएको छ ।
गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्या भएको थियो । हत्यामा संलंग्न २६ बर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट हिजोमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।













