जनता माविको चार कोठे भवन शिलान्यास
कैलाली, २ चैत । कैलारी गाउँपालिका वडा नं। ९ गदरिया स्थित श्री जनता माध्यमिक विद्यालयको चार कोठे भवन एक कार्यक्रमको बिच शिलान्यास गरिएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी भवनको शिलान्यास गरेका हुन् । गाउँपालिकाको ३५ लाख अनुदान सहयोगमा निर्माण हुन लागेको भवन आर्थिक मसान्त २०७६र०७७ को जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने जनाएको छ ।
विद्यालयमा प्लस टु तर्फ शिक्षा शास्त्र, व्यवस्थापन र बाली विज्ञान ९एव्त्ब्० पढाइहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिए । विद्यालयमा छ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
भवन शिलान्यास कार्यक्रममा नेकपा कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरी, गाउँपालिकाका इन्जिनियर भरत चन्द र गोविन्द रोकाया, विद्यालयका प्राचार्य घनश्याम भट्ट, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, स्थानीयहरुको उपस्थिति रहेको थियो ।
यसै बिच विद्यालयमा सञ्चालित कक्षा ८ बोर्ड परीक्षाको अनुगमन समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताए ।













