महिलालाई आर्थिकरुपले व्यवसायिक बनाउन सिलाई कटाई तालिम

धनगढी, २ चैत । गाउँघरका महिलाहरुलाई आर्थिकरुपले व्यवसायिक बनाउनका लागि कैलारीको पवेरामा २ महिने सिलाई कटाई तालिम (तह–२) सुरु भएको छ ।

कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा सीप तथा व्यवसायिक विकास कार्यक्रम अन्र्तगत तालिम सञ्चालन गरिएको हो । आइतबार तालिमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारुले गरेकी हुन् । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सत्गौंवा थारुले गाउँघरमा रहेको महिलाहरुलाई विभिन्न किसिमका तालिम तथा सीप मार्फत व्यवसायीक र आत्मनिर्भर बनाउने बताइन् ।

‘गाउँपालिकाको लक्ष्य नै महिलाहरुलाई विभिन्न तालिम तथा सीप मार्फत व्यवसायिक रुपमा आत्मनिर्भर बनाउने रहेको छ,’ उपाध्यक्ष सत्गौंवाले भनिन्–‘जुन तालिम गाउँपालिकाले विभिन्न संघसंस्था संग सहकार्य गरि सञ्चालन गरिरहेको छ ।’

पूर्ण सीप र ज्ञानका लागि सिलाई कटाई तह–२ तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले बताइन् । उनले महिलाहरुका सीपमा निखार ल्याई व्यवसायिक र आत्मनिर्भर बनाउनु नै तालिमको मुख्य उद्देश्य रहेको बताइन् ।

सिलाई कटाईको आधारभूत तालिम (तह–१) लिएका महिलाहरुलाई सिलाई कटाई तह–२ तालिममा सहभागी गराइएको छ । तालिममा गाउँपालिका अन्र्तगत वडा नं. १ देखि ९ सम्मका लक्षित समुदाय दलित आदिवासी जनजाति समुदायका २० महिला सहभागी रहेका छन् ।
तालिम पश्चात सहभागी महिलाहरुलाई १÷१ थान सिलाई मेसिन उपलब्ध गराइने शाखा प्रमुख चौधरी जानकारी दिइन् ।

उद्घाटन कार्यक्रमा वडा नं. ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरी, सामाजिक विकास अधिकृत यगम कलेल लगायतले शुभकामना मनतब्य राखेका थिए ।