सीमा बिवाद : नेपाली भुमिमा गाढिएका पिलर ढलाइयो

कञ्चनपुर, २ चैत । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने नाममा लालपुर्जा प्राप्त नेपाली भुमिमा गाडिएका पिलर र राख्न खनिएका खाडल भत्काएका छन् ।

सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका विवादहरुको अझै समाधान हुन नसकिरहेका बेला बेलौरी नगरपालिका र बेल्डाँडी गाउँ पालिकाको झन्डै ७० बिगाहा भन्दा बढी नेपाली भुभाग भारत तर्फ पर्ने गरि पिलर गाड्न थालिए पछि स्थानीय जनता आक्रोशित बनेका हुन् ।

सीमा सर्वेका नाममा बृटिस (नेपालमा स्थापित जंगे पिलरहरुको आधारमा नगरी २०६०/०६१ सालमा गाडिएका स्तम्भका आधारमा अहिले नक्सांकन गर्न थालिए पछि थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको हो ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारत संग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहँदा टोलिले गरेको कामबाट समाधान होइन विवाद चर्कने अबस्था देखिएको छ । कञ्चनपुरको बेलौरी (बेल्डाँडीमा नेपाली भुभागमानै अधिकांश पिलर गाढिन थालिए पछि स्थानीय जनताले बिरोध गर्दा अहिले सीमा सर्भे टोलीले उक्त क्षेत्रको काम स्थगित गरेको छ ।