बोक्सी आरोपमा महिला कुट्ने वडा सदस्य छोरा सहित पक्राउ
धनगढी, १ चैत । कैलालीमा बोक्सी भन्दै महिलामाथि कुटपिट गरेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । कैलारी गाउपालिका वडा नम्बर २ का वडा सदस्य रामकुमार चौधरी र उनका छोरा राजु चौधरी महिलामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् ।
‘विरामी भएकोले गाउ“मै रहेका गुरुवाको घरमा गए । वडा सदस्य पनि त्यही आए । एक्कासी मलाई कुटपिट गर्न थाले’ कैलारी गाउ“पालिका वडा नम्बर २ की स्थानीय ३७ वर्षिय महिलाले भनिन् –‘कुटपिट गर्न लागेको थाहा पाएपछि स्थानीयहरुले बचाए । ‘घटना यहि फागुन २७ गतेको भएपनि इलाका प्रहरी कार्यालय हसुलियामा २९ गते मात्रै जाहेरी दिए ।’
इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि वडा सदस्य रामकुमार चौधरीसहित उनका छोरा राजु चौधरीलाई विहीबार प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट पा“च दिनको म्याद थप गरिएको बताए ।
वडा सदस्य रामकुमार चौधरीले ती महिलालाई बोक्सीभन्दै कुटपिट गर्न लागेको प्रत्यक्षदर्शीह?ले बताएका छन् । वडा सदस्य रामले कुटपिट गर्दा स्थानीयहरुले बचाउने प्रयास गरेका थिए ती प्रत्यक्षदर्शीले भने –‘महिलालाई बचाउने क्रममा वडा सदस्यलाई समेत चोट लागेको थियो ।’
ती महिलाका भाइले भने ‘वडा सदस्य रामकुमारका छोरा राजुले पटक–पटक बोक्सीभन्दै गालीगलौज गर्ने गरेको थियो ।’ ती महिला वडा सदस्यका काकी नाता पर्ने जनाइएको छ ।













