पचास प्रतिशत अनुदानमा महिला कृषक समुहलाई माहुरी

धनगढी, ३० फागुन । धनगढी उप–महानगरपालिकाले पचास प्रतिशत अनुदानमा महिला कृषक समुहलाई माहुरी उपलब्ध गराएको छ । नगरपालिकाले वडा नं. ८ का भलाकुसारी महिला कृषक समुहलाई २० घार माहुरी र मह निकाल्ने मदानी उपलब्ध गराएका हो ।

उप–महानगरपालिकाको यूवा लक्षित कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा माहुरी सहितको घारहरु उपलब्ध गराएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले किसानहरुमा आफ्नो पनको भावनाको विकास गर्न सो अनुदान दिएको बताए ।
नगरप्रमुख वडले राम्रो गर्ने किसानलाई थप सहयोग गर्ने योजना बनाएको बताए । भलाकुसारी महिला कृषक समुहले राम्रो गरेमा माहुरीको बिउ श्रोतकेन्द्रको रुपमा विकास गर्ने बताए ।

धनगढी उपमहानगरपालिकाका उप–प्रमुख शुसिला मिश्र भट्टले महिलाहरुलाई कृषिबाटै आर्थिकरुपमा शसक्तिकरण गर्न उपमेयरसंग महिला कार्यक्रम ल्याएको बताईन् । उनले यूवा महिलाहरुलाई बेमौसी तरकारी खेति, च्याउ खेति, मौरी पालन जस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिईन् ।

धानबाली छर्नेदेखि भित्रियाउने सम्म के के सीप चाहिन्छ भनेर नगरपालिकाले महिलाहरुलाई लक्षित गरेर विभिन्न तालिम गोष्ठी जस्ता कार्यक्रम ल्याएको छ । महिलाहरुलाई आर्थिकरुपले सक्षम बनाउने नीतिका साथ बढि भन्दा बढि महिला कृषिकहरुमा लगान रहेको उप मेयर भट्टले बताईन् ।

धनगढी उप–महानगरपालिका ८ का अध्यक्ष नारायण बरालले भलाकुसारी महिला कृषक समुहले गरेको मागका आधारमा माहुरी र घार उपलब्ध गराएको बताए । भलाकुसारी महिला कृषक समुह नगरपालिकामा सक्रिय रहेकोले उनीहरुलाई अनुदान उपलब्ध गराएको हो । १७ जना मिलेर बनाएको समुहले माहुरीको श्रोतकेन्द्र बनाउने उदेश्यका साथ एक जुटे भएका छन् ।