कोरोना भाईसको त्राससंगै थारु समुदायले मनाए परम्परागत होली

कैलाली, २९ फागुन । कोरोना भाईसरको डर त्रासले यो वर्षको होलीले धेरैलाई खल्लो बनायो तर थारु गाउँमा भने परम्परागत तरिकाले नै होली मनाएका छन् ।

यो वर्षको होलीले अरु वर्ष जस्तै रौनक थिएन । कोरोना भाईरसको त्रासले धेरैले रंग खेल्न छोडे । तर कैलारी गाउँपालिका वडा नं. ८ का महिलाहरु पहिलैदेखि चलिआएको परम्परा भने छोड्न सकेनन् ।

होली अवसरमा थारु समुदायमा पहिलो दिन चिर चिरदहन गर्ने, दोस्रो दिन सेलाउने र तेस्रो दिन फगुवाउने गर्दछन् । जुन परम्परा यो वर्ष पनि कायमै रह्रयाे ।

कैलारी गाउँपालिका वडा नं. ८ का गणेशदेवी महत्तोले भनिन् ‘हाम्रा पुर्खाहरु पहिलैदेखि गाउँको अगुवा, भलमन्सा, महताँवा गलायत गाउँमा राम्रो काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने चलन छ ।’ सोही चलन अनुसार वडा नं. ८ का वडा अध्यक्ष दुखीराम कठरियालाई फगुवाएका हाैं । उनीहरुलाई मिठो मसिनो खाने कुरा खुवाउने, र रंग खेल्ने परम्परालाई फगुवाउने भनिन्छ ।

उनले वर्षमा एक पटक होलीको अवसरमा साथी संगीहरुसंग रमाईलो गर्ने, राहरंगी गर्ने, सामुहिकरुपले खानपिन गर्ने गरेको बताईन् ।

त्यस्तै सोही गाउँका सुन्दरी चौधरीले चिर सेलाएसंगै सम्मानित व्यक्तित्वहरुको लागि मिठो मिठो खाने कुरा पकाएर गाउँका महिलाहरु संगै बसेर रमाईलो गर्ने गरेको बताईन् । उनले सम्मानित व्यक्तित्वहरुलाई फगुवाउँदा उनीहरुले महिलाको समुहलाई गक्षअनुसार पैसा दिने गरेको बताईन् । यसरी आएको पैसाले सामाजिक काममा लगाउने गरेको पनि उनले बताईन् ।

यस्तै कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवालाई यो वर्ष महिलाहरुको दर्जनौं समुहले फगुवाएका थिए । उपाध्यक्ष सत्गौवाले भनिन् ‘अरु वर्ष फगुवायन आएका महिला समुहसंग होली खेलेर रमाईलो गर्ने तर यो वर्ष कोरोना भाईसरको त्रासले टिका लगाएर संगै खान पिन गरे ।’ यहाँका महिलाहरु रंग नखेलेपनि थारु समुदायको परम्परा नछोडेको बताईन् ।

यो वर्ष पनि गाउँको टिक, बसौटीको टिम, रतनपुरको टिम गर एक दर्जन भन्दा बढि महिलाहरु फगुवाउन भएको उनले बताईन् ।

अन्य समुदायजस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात धुरहेरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष छ । हिन्दू धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ ।