एम्बुलेन्स दुर्घटना हुँदा दुईजना घाइते

धनगढी, २९ फागुन । कैलारी गाउँपालिकाबाट बिरामी बोकेर धनगढी आउदै गरेको एम्बुलेन्स गए राती दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

कैलारी गाउँपालीका–४ बस्ने ३६ वर्षिया ज्योली चौधरी लाइ उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याउँदै गरेकोे बा २ झ १७२९ नम्बरको एम्बुलेन्स राती करिब १० बजे डिपो बजारको पिपल चौतारी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी बिरामीका ससुरा ५४ बर्षिय जवा चौधरी र सासु ४५ बर्षिया बिष्मती चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुुमार बस्नेतले जानकारी दिए ।

उनले दुर्घटनामा बिरामी र चालक लाइ भने कुनै चोटपटक नलागेको उनले बताए । प्रहरीका अनुसार तिब्र गतिमा आइरहेको एम्बुलेन्सले छाडा गाइलाइ बचाउन खोज्दा दुर्घटना भएको हो । एम्बुलेन्सको ठक्करबाट गाइ घटनास्थलमै मरेको छ । बिरामी सहित अन्य दुबै घाइतेको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ । चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।