लागुऔषधको कारोबारीमा संग्लन भारतीय नागरिक पक्राउ

धनगढी, २६ फागुन । कैलालीमा लागुऔषधको कारोवारमा संग्लन एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषधको कारोवारमा संग्लन भारतको लखिमपुर खिरी घर भई गोदावरी नगरपालिका वडा नम्वर १ मा डेरा गरी बस्ने वर्ष २१ का किसन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर–२ अत्तरिया बजारमा ठेलामा होलीको सामान बेच्दै आएका गुप्ताले लागुऔषध समेत बिक्री गरिरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेत ले बताए ।

गुप्ताको ठेलामा ७ वटा पुडिया लागु औषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थ तौल गर्दा ६७० (छ सय सत्तरी) मिलीग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।