सुशासन परियोजना लागु पश्चात स्थानीय तहमा सूचनाको पहुँचमा बृद्धि

धनगढी, २६ फागुन । कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकामा सर्वसाधारणलाई सूचनाको पहुँच बृद्धि हुदै गईरहेको एक कार्यक्रमका वक्ताहरुको भनाई छ ।

ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढी (सुशासन परियोजना) को सामाजिक लेखा परिक्षण कार्यक्रममा दुई स्थानीय तहमा सूचनाको पहुँच बृद्धि भएको रिर्पोट सार्वजनिक भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड धनगढी र कैलारीमा सर्वसाधारणहरु सहजरुपले सूचना पाई सेक्ने अवस्था रहेको बताए । उनले यस्तो प्रविधि अरु स्थानीय तहमा पनि लागु गर्न आवश्यक रहेको बताए ।

उनले भने सूचना माग गर्नलाई सुचनाके हक प्रयोग नगरी धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा सहज सूचना पाउन सेक्ने बताए । ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढी (सुशासन परियोजना) लागु पश्चात आफूहरुलाई पनि काम गर्न सजिलो हुने गरेको बताए ।

कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा आफ्नो स्थानीय तहको सबै योजनाहरु सुचना प्रविधिबाट जानकारी दिदै आईरहेको बताईन् ।
उनले कैलारी गाउँपालिका थारु बाहुल क्षेत्र भएकोले थारु भाषामै नागरिक वडापत्र राखेको बताईन् ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा केन्द्रका अध्यक्ष दिर्घराज उपाध्यायको अध्यक्षतामा पत्रकार टेकेन्द्र देउवाले सहजीकरण तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरि कार्यक्रममा धनगढी उपमहानगरपालिका–१५ का अध्यक्ष फुलराम चौधरी, सिएसीके महेन्द्र शाही, ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढी (सुशासन परियोजना)के कार्यक्रम संयोजक ठाकुर प्रसाद करिया प्रधान लगायत मन्तव्य राखेका थिए । कार्यक्रमका महासचिव गम्भीरसिंह ऐरले कार्यक्रम सञ्चालन गरेका थिए भने सदस्य गोमा अचार्यले स्वागत मन्तव्य व्यक्त राखेका थिईन् ।