बोक्सी आरोपमा हँसिया प्रहार, पीडित महिला गम्भिर घाईते

धनगढी, २६ फागुन । गोदाबरी नगरपालिका वडा नं. ९ धनचौरीका सीता चौधरीले तँ बोक्सी भन्दै एक महिलामाथि हँसिया प्रहार गरेका छिन् । चौधरीले आफ्नै छिमेकी ३६ वर्षिया मिना रानालाई आईतबार बोक्सी भन्दै कुटपित गरेका हुन् ।

पीडित राना बैठकबाट घर फर्किने क्रममा पीडक चौधरीले बोक्सी आयो भन्दै बाटोमै लुछातानी गर्दै ढुंगाले हिर्काएको बताईन् । उनले भनिन् ‘उसको हाातमा हँसिया थियो, त्यो हँसियाले मेरो टाउकोमा प्रहार गर्यो । टाउकोमा ठूलो चोट लागेको छ ।’

पीडित महिलाको शरिरभरि निलडाम छ । घाँटी, हात, पिथ्यूमा चोट लागेको छ । उनी सेति प्रादेशीक अस्पतालमा उपचार गराएको जानकारी दिईन् । उनले हिजो सीता विरुद्ध ठाडो उजुरी दिएका थिईन् ।

जिल्ला प्रहरीमा आएको ठाडो उजुरीले मात्रै पीडकलाई नियान्त्रणमा लिन नपाउने अधिकार नभएको महिला सेलका इन्चार्ज खेमराज पन्तले बताए । उनले उक्त पीडित महिलालाई चौधरी विरुद्ध जाहेरी दिन सुझाब दिएको बताए ।