भारतबाट फर्किनेहरुलाई स्वास्थ्य परीक्षणका सीमानाकामा हेल्थ डेक्स

धनगढी, २३ फागुन । कोरोना भाइरस (कोभिड १९) को संवेलनशिलताका लागि धनगढीमा सतर्कताका गतिविधीहरु सुरु भएका छन् ।
भारतको राजधानी दिल्लीमा कोरोना भाईरसको संक्रमण देखापरेको खवर बाहिर आएपछि नेपाल भारत सिमवर्ती शहर धनगढीमा उच्च सर्तकता अपनाईएको हो ।

धनगढीबाट दिल्लीको दुरी ४ सय ३९.७ किलोमिटरको दुरी रहेको छ । सडक यातायातबाट ९ घण्टा ४२ मिनेटमा धनगढीबाट दिल्ली पुगिन्छ । जुन कारण उच्च सर्तकता अपनाउनका लागि उप–महानगरपालिकाले तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाको समन्वयमा त्रिगरभन्सार नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

हेल्थ डेस्क २४ घण्टा खुला रहने उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, ‘भारतबाट फर्किनेहरुलाई स्वास्थ्य परीक्षण गर्ने, बिरामी भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउन एम्बुलेन्सको समेत ब्यबस्था गरिने छ ।’

यही बिषयलाई लिएर धनगढी उप–महानगरपालिकाले जिल्लाका सरकारी तथा गैरसरकारी संस्था संग समन्वय बैठक सम्पन्न गएको छ । बिपद परेमा कसरी सामना गर्ने भन्ने बिषयमा छलफल भएको उप–महानगरपालिकाले जनाएको छ ।

धनगढी बिमानस्थलमा रहेको हेल्पडेस्कको अवस्था पनि सक्रिय अवस्थामा राखिएको छ । त्यसैगरी धनगढी उप–महानगरपालिका क्षेत्रमा कोरोना भाईरसका बारेमा जनचेता फैलाउन पर्चापम्पलेट लगायत टोलटोलमा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिएको छ ।