कोरोना भाइरस संक्रमणको सतर्कतालागि सीमा नाकामा हेल्थ डेक्स

धनगढी । विश्वव्यापी फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९)को सक्रमणमा सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले सीमानाकामा हेल्थ डेक्स स्थापना गरेको छ । प्रदेश सरकार रोग लाग्नु भन्दा अगावै सतर्कता अपनाउन पूर्वतयारी थालेको हो ।

मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेश मन्त्री, सचिव लगायत सरोकारवालाको छलफलले गरेका निर्णय तथा योजना सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

प्रदेशमा कोरोला भाइरसको सक्रमण भित्रिन नदिन र भित्रिहाले फैलिन नदिने भनेर योजनावद्ध तयारीले तयारीमा जुटेको सामाजिक विकास मन्त्रालयका सचिव झंकर बिष्टले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश भित्रिने सबै नाका, बिमानस्थलमा हेल्थ डेस्क कक्षामा आधुनिक स्वास्थ्य उपकरण राख्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सबै जिल्ला विपद व्यबस्थापन समितिलाई सकृय पार्ने, सभा सम्मेलन तथा मेला महोत्सवमा रोक लगाउन परिपत्र गरिएको बताए ।

यस्तै रोगबारे जिल्ला र स्थानीय तहसम्म सरोकारवालाको मनोवल उच्च राख्ने गरेर प्रशिक्षित गरी तयारी अवस्थामा राख्ने, जनचेतनाकालागि भाइरस संक्रमण, सतर्कता तथा पूर्वतयारीबारे विभिन्न सञ्चार माध्यमवाट प्रचारप्रसारलाई जोड दिने, विधालय शिक्षामार्फत घर घरमा जनचेतना फैलाइने, भयावह अवस्था आउन नदिन प्रदेश, जिल्ला र स्थानीय तहमा अधिकारीक सूचना अधिकारी तोकिने बताए ।