कोरोना भाइरसबाट बच्न हात मिलाउन हुँदैन, नमस्ते गरौं : पूर्व प्रधानमन्त्री देउवा
धनगढी, २१ फागुन । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कोरोना भाइसको त्रास छाएको भन्दै सचेत रहन आग्रह गरे । ‘कोरोना भाइरस भन्ने खतरनाक रोग नेपालमा आएको छ । हात मिलाउन हुँदैन । नमस्ते गर्नु पर्छ’ उनले भने, ‘हामी त जय नेपाल गर्छौ ।’
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हरेको भन्दै उनले स्वास्थ्य लाभको समेत कामना गरेका थिए । देउवाले नेपालमा भ्रष्ट्राचार बढेको बताए ।
‘नेपालमा भ्रष्ट्राचार बढेको छ । डल्लो बजेटको नाममा अनियमितता भइरहेको छ’ उनले भने, ‘उपभोक्ताको नाममा योजना बाड्ने काम पनि भइरहेको छ, यस्तो कार्य रोकिन आवश्यक छ ।’













