रतनले प्रचण्डलाई किन हाने जुत्ता ?
काठमाडौं, १८ फागुन। नेपाल कम्युनिस्ट पार्टीाा (नेकपा) का प्रचण्डमाथि एक व्यक्तिले जुत्ता प्रहार भएको छ । काठमाडौंस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरिएको हो ।
सभिल इन्जिनियर तिरुवाले प्रचण्डको भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको प्रहरीलाई बयान दिएका छन् । उनले प्रचण्डले गरेको वर्गसंघर्ष कुरा चित्त नबुझेको बताएका छन् ।
”भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ” तिरुवाले प्रहरीलाई बयन दिएका छन् । उनलाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
स्व। नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गर्ने क्रममा जुम्लाक रतन तिरुवाले दर्शकदीर्घाबाट जुत्ता प्रहार गरेका गिए । तर जुत्ता प्रचण्डलाई लागेन ।
जुत्ता प्रहारपछि पक्षमा र विरोधमा अभिव्यक्ति सामाजिक संजालमा देखिएका छन् । (नेकपा) नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । अनलाईन डबलीबाट













