लोक सेवा आयोगमा थारुलाई आरक्षणको कोटा सुनिश्चित हुनुपर्छ : थारु आयोग
कैलाली, १५ फागुन । लोक सेवा आयोगमा आरक्षण नदिएको भन्दै थारु आयोगले आपत्ति जनाएको छ । थारु आयोगलाई लोक सेवा आयोगले लिने निजामति कर्मचारीको भर्ना परिक्षामा आरक्षण माग गर्दै थारु बिधार्थी सभा र आइ एम ग्रुपले ध्यानाकर्षण पत्र बुझाएका थिए ।
संविधानले थारु समुदायलाई छुटै पहिचान गरि थारु कल्स्टरमा राखि सक्दा सकेत लोक सेवा आयोगले लिने परिक्षामा आरक्षण नदिदाँ थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरी आपत्ति जनाएका थिए ।
उनले सरकार र शिक्षा मनत्रालय मार्फत दिने त्रिभुवन बिश्वबिधालय लगायत सम्पूर्ण बिश्वबिधालय र यसका आंगिक क्यामपसहरु, सिटिभिटी लगायतको इञ्जिनिएर, मेडिकल, कृषि लगायत सबै क्षेत्रमा थारु विद्यार्थीहरुको अर्थपूर्ण सहभागिताको लागि थारु आरक्षणको व्यवस्था गर्न पहल गर्ने बताए ।
उनले लोक सेवा आयोगले लिने निजामति कर्मचारीको परिक्षमा र सरकारी छात्रवृत्तिमा आदिवासी जनजाती, मधेशी, मुस्लिम, दलित, पिछाडी पारिएकाका वर्गलाई आरक्षण दिनुपर्ने बताए ।













