धनगढी विकास सम्मेलनको तयारी पुरा
धनगढी, १५ फागुन । धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने विकास सम्मेलनको तयारी पुरा भएको छ ।
उप–महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन मार्फत विकास सम्मेलनको तयारी बारे जानकारी गराएका थिए ।
यहि फागुन १८ गते हुने सम्मेलन विकासका लागि दिशानिर्देश गर्ने नगरप्रमुख नृप वडले बताए । उनले योजनाबद्ध विकासको लागि सम्मेलनले सहयोग पुग्ने बताए ।
विकास सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने नगरप्रमुख वडले जानकारी दिए ।
यस्तै नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्न, धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न मेगा प्रोजेक्ट प्रस्तुत गरीनेछ ।
त्सै गरि धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरको विकासमा नागरिकहरुसंग विकासका परियोजनाबारे खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गर्ने बताए ।
उनले नगरको विकासकालागि ज्ञान र स्रोत बढाउन विकासको साझेदारहरुको दायरा फराकिलो बनाइ विषयवस्तुहरु समावेश गर्ने बताए । प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समुन्वय गरी दु्रत प्रभाब छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने बताईएको छ । उक्त प्रस्तुतीहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञबाट वहस तथा छलफल हुनेछ ।













