थरुहट थारुवान राष्ट्रिय मोर्चाद्धारा लाठी जुलुस प्रर्दशन (फोटो फिचर)
धनगढी, १२ फागुन । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले मसुरियामा लाठी जुलुस प्रर्दशन गरेको छ । सरकार आफ्ना मागहरुप्रति गम्भीर नभएको भन्दै लाठी जुलुस निकालिएको हो ।
लाठी जुलुस मसुरियाको चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई आदीवासी जनजाती महासंघका प्रदेश अध्यक्ष दलबहादुर घर्तीमगर, थरुहट थारुवान राष्ट्रिय मोर्चाका जिल्ला सदस्य प्रदेशी चौधरी र सुशिला चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।

















