जन्म दिनको केक परिवार बालगृहलाई
धनगढी, १२ फागुन । धनगढी उपमहानगर पालिकाका वडा नं. ८ का रोदन चौधरी आफ्नो जन्म दिनको केक परिवार बालगृहका बालबालिकाहरुलाई खुवाईन् ।
उनी हरेक वर्ष आफ्नो घरमै जन्म दिन मनाएर आमाबुवा र आफन्तहरुसंग खुसीयाली मनाउने गरेको बताउदै यसपालि फरक ढंगले जन्म दिन मनाएको बताईन् । उनले बालगृह भित्रका बालबालिकाहरुसंग साथीत्वको भावना सातासात गर्नलाई पनि बालगृहमा जन्म दिन मनाएको बताईन् ।
उनले परिवार वालगृहकालाई खाद्यन्न सहित अन्य सहयोग पनि गरिन् । साथै सबैलाई केक खुवाईदै एकल प्रयासमा लेखिएको पहिल कदम गजल कविता संग्रह किताब बाडिन् र साँझाको खाना बालबालिकाहरुसंगै खाएर रमाईन् ।

रोदनको बुवा चन्द्रसिंह चौधरी छोरीको खुशीमा आफूपनि खुशी भएको बताए । उनले भने छोरा छोरीहरुलाई पनि सामाजिक गतिविधिको बारेमा जानकारी दिन जरुरी रहेको बताए ।
उनले दुख पाएका बालबालिकाहरुसंग आफ्ना छोरा छोरीहरुलाई घुलमिल हुने वातावरणको सृजना अभिभावकहरुले गर्नुपर्ने बताए । सबै अभिभावकहरु आफ्ना छोरा छोरीलाई सामाजिक काममा उत्प्रेरित गर्न जरुरी रहेको बताउदै अबदेखि विभिन्न अवसरहरुमा यस्ता बालबालिकाहरुलाई सहयोग गर्ने बताए ।













