‘विकास अवरुद्ध गर्नु पनि मानव अधिकार हनन् गर्नु हो’
धनगढी, १२ फागुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विकास निर्माणका कार्यमा अवरुद्ध गर्ने काम पनि मानव अधिकार हनन् रहेको बताए ।
एमनेष्टी ईन्टरनेशनल ४४ धनगढीले आयोजना गरेको सन् २०१९ मा नेपालमा मानव अधिकारको अवस्थाका बारेमा छलफल तथा अन्तरसंवाद कार्यक्रममा उनले यस्तो भनेका हुन् ।
उनले धनगढी उप–महानगरपालिका क्षेत्रमा निर्माण भएका सडकहरुको बिचमा पर्ने २ सय ६५ रुख हटाउनका जिल्ला बन कार्यालय संग अनुरोध गरेको दुई बर्ष नाघी सक्दा समेत सुनुवाई नभएको बताए ।
‘सो क्षेत्रमा सवारी दुर्घटना भएर ७ जनाको ज्यान गएको छ, धनगढी उप–महानगर क्षेत्रमा विकास निर्माणमा अवरोध गर्नु भनेको सिंगो नगरवासीको मानव अधिकार हनन् गर्नु हो ।’
नगरप्रमुख वडले भने, ‘सडकको स्तरोउन्नती र अन्य विकासका काम गर्न खोज्दा धनगढी उप–महानगरपालिका र स्वयं मेरो बिरुद्ध १८ वटा मुद्धा अदालतमा छन् ।’
उनले भने ऐलानी जग्गा कब्जा गर्ने, सडकमा पर्खाल लगाएर विकास गर्न नदिनेको पक्षमा नै मानव अधिकारकर्मी बोल्ने गरेको आरोप लगाए ।













