वेरोजगार महिलाहरुलाई हाते कढाई तालिम
धनगढी, १२ फागुन । कैलारी गाउँपालिकाका वेरोजगार महिला तथा यूवतिहरुलाई हाते कढाई तालिम दिन थालिइको छ । कैलारी गाउँपालिका वडा नं. ८ पृथ्वीपुरमा सो तालिम सुरु भएको छ ।
गाउँपालिकाको सहयोग र अजम्बरी भिजन मल्टी प्रपोज प्रालिको आयोजनामा तालिम सुरु गरिएको हो ।
सो तालिमको एक कार्यक्रमकाबीच कैलारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले उद्घाटन गरिन । सो अवसरमा उनले सीप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरिन । यसैगरी, गाउँपालिकाको कार्यालयले सीप प्रदान गरेर स्वरोजगार बनाउने नीति अबलम्बन गरेको उनको भनाइ थियो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष दुःखीराम चौधरी विशिष्ट अतिथि रहेका थिए । प्रालिका अध्यक्ष सुरज चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
तालिममा २३ जनाको सहभागिता रहेको जनाइएको छ । ३९० घण्टाको तालिम आगामी वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ । सहभागीहरुलाई दैनिक ६ घण्टा तालिम प्रदान गरिने जनाइएको छ ।













