विश्व साहित्य महोत्सवको तयारी अन्तिममा, राष्ट्रपतिद्धारा उद्घाटन हुने

धनगढी, ११ फागुन । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवको तयारीका सबै कामहरु लगभग अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १४ गते महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष जोशीले बताए । देशविदेशमा रहेका नेपाली भाषी साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटन सत्रमा विभिन्न विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।